धनगढी : पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत पर्ने कैलालीको चौकी डाँडामा केहीवेर अघि वस दुर्घटना भएको छ । महेन्द्रनगरवाट अतरीया तर्फ आउँदै गरेको कर्णाली यातायातको ना ५ ख ८०१९ नम्वरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा परि एक वालक, २ महिला र २ पुरुष गरी ५ जना घाइते भएका छन् । घाइतेहरुलाइ घटनास्थल बाट उद्धार गरी प्रहरीले पद्मा अस्पताल पु¥याएको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको ।
घटना लगत्तै चालक फरार भएको र खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।