प्रहरी इन्काउन्टरमा समातिए तामाङ

प्रहरी इन्काउन्टरमा समातिए तामाङ

महानगरीय अपराध महाशाखाले अपराधमा संलग्न रहेको आरोपमा विष्णु तामाङ ‘काले’ लाई पक्राउ गरेको छ। महाशाखाको टोलीले सोमबार बिहान टोखामा तामाङलाई पक्राउ गर्न जाँदा उल्टै प्रहरीलाई गोली हान्न खोजेपछि गोली हानेर पक्राउ गरेको हो। 

महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले तामाङलाई पक्रन गएको टोलीलाईमाथि नै आक्रमण प्रयास गरेपछि महाशाखाको टोलीले गोली हानेको जानकारी दिए । 'प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा तामाङ घाइते भएका हुन्'– उनले भने। 

दायाँ खुट्टामा गोली लागेर घाइते भएका तामाङको वीर अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ । सिन्धुपाल्चोक घर भएका तामाङले यसअघि पनि आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ६ वर्ष जेल सजाय भोगिसकेका थिए।