धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर -२ अत्तरियामा रहेको सत्यवती एकेडेमीको माथिल्लो तलामा आगलागी भएको छ ।
बुधवार बिहान विद्युत सर्ट हुँदा आगलागी भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
गोदावरी नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय मालाखेती, नगर प्रहरी लगायतको सहयोगमा आगो नियन्त्रणमा लिइएको जनाइएको छ । क्षतिको विवरण आउन बाँकी रहेको छ ।