नेपाल आईस मिडिया कप फुटसलमा बी टिभी र एसटीएस टेलिभिजन सेमिफाईनलमा

नेपाल आईस मिडिया कप फुटसलमा बी टिभी र एसटीएस टेलिभिजन सेमिफाईनलमा

धनगढी : धनगढीमा नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिता अन्तर्गत लगातार दोस्रो जित हात पार्दै बी टीभी र एसटीएस टेलिभिजन सेमिफाईनलमा प्रवेश गरेको छ । फल्याटल्याण्ड फुटसलमा जारी प्रतियोगिताको दोस्रो दिन भएका खेलमा जित हात पार्दै दुबै टिभि सेमिफाईनल पुगेका हुन् । 

नेपाल खेलकुद पत्रकार मञ्च कैलाली जिल्ला समन्वय शाखाको आयोजनामा जारी नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको दोस्रो दिन भएको खेलमा जित हात पार्दै पश्चिम टुडेले सेमिफाईनल पुग्ने आशा जिवितै राखेको छ ।

दोस्रो दिनको पहिला खेलमा पश्चिम टुडेले अनुमोदन दैनिकलाई ११—१ ले पराजित गर्यो । पश्चिम टुडेका लागि प्रदिप पाठकले पाँच गोल गरे । दिपक उपाध्यायले चार गोल गर्दा खेम उपाध्यायले एक गोल फर्काए । अनुमोदनका लागि तेज बोहोराले एक गोल फर्काए । यसअघि पश्चिम टुटे एसटीएस टेलिभिजनसँग १५—२ ले पराजित भएको थियो । 

आईतबारको दोस्रो दिनको दोस्रो खेलमा लगातार दोस्रो जित हात पार्दै बी टिभी सेमिफाईनल पुगेको छ । बी टिभिले दिनेश एफएमलाई ३—२ ले हराएको हो । बी टिभिका लागि कैलाश कठायत सीताराम ओझा र नवराज धानुकले एक एक गोल गरे । दिनेश एफएमका लागि कमल सावद र हेम भट्टले एक एक गोल फर्काए । यसअघि बी टीभीले सुदुर सन्देशलाई ५—४ ले हराएको थियो । 

आईतबार तेस्रो खेलमा जित हात पार्दै एसटिएस टेलिभिजन पनि अन्तिम चारमा पुगेको छ । एसटिएस टेलिभिजनले रेडियो डेलिमेललाई ७—२ ले हराएको हो । एसटिएस टेलिभिजनका लागि सागर शाहले तीन तथा जितेन्द्र रावल र शंकर बोहोराले दुई दुई गोल गरे । रेडियो डेलिमेलका लागि सन्तोष रावत र राजेश चौधरीले एक एक गोल फर्काए । यसअघि एसटीएस टेलिभिजनले पश्चिम टुडेलाई १५—२ ले हराएको थियो । 

आईतबारको चौथो तथा अन्तिम खेलमा भने धनगढी एफएम र सुदुर सन्देशले भने बराबरी खेलेका छन् । दुबै टीमले ३—३ को बराबरी खेलेका हुन् । रेडियो धनगढीका लागि लोक कार्कीले दुई र सौरभ थापाले एक गोल गरे । सुदुर सन्देका लागि नवीन चौधरीले तीन गोल गरे । यसअघि भएको खेलमा रेडियो धनगढीले दिनेश एफएमलाई ६—१ ले हराएको थियो भने सुदुर सन्देश बी टिभीसँग ५—४ ले पराजित भएको थियो । 

प्रतियोगिता अन्तर्गत सोमबार पनि लिग चरणका चार खेल हुनेछन । मंगलबार पनि लिग चरणका चार खेलपछि वुधबार सेमिफाईनल र फाईनल हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र तथा उपविजेताले नगद ७ हजार सहित नगद ट्रफी र प्रमाण पत्र पाउनेछन्। त्यसैगरी उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले पनि नगद पुरस्कार पाउने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीले जनाएको छ। 

यस प्रतियोगितालाई चौधरी गुप्रको सिजी ब्रुअरीको उत्पादन नेपाल आईसनले मुख्य प्रायोजन गरेको छ भने प्रतियोगिताको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका र कैलाली जिल्ला खेलकुद विकास समिती रहेका छन्। प्रतियोगिताको प्राविधिक पक्ष फ्ल्याटल्याण्ड फुटसलले गरिरहेको छ ।