बास नेपाल डोटी शाखाले युवा दिवसको उपलक्ष्यमा गर्‍यो मन्दिरमा सरसफाइ

बास नेपाल डोटी शाखाले युवा दिवसको उपलक्ष्यमा गर्‍यो मन्दिरमा सरसफाइ

डोटी । डोटी बास नेपाल डोटी शाखाले युवा दिवसको उपलक्ष्यमा शैलेश्वरी मन्दिरमा सरसफाइ कार्यक्रम गरेको छ । 

जिल्लाकै प्रसिद्ध तथा पर्यटकीय धार्मिक मन्दिरका नामले चिनिने शैलेश्वरी मन्दिरमा बागेश्वरी असल शासन क्लब ( बास नेपाल) शाखाले मन्दिर परिसरमा सरसफाइ गरेको हो । “दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सीप विकास” भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस बास नेपाल जिल्ला शाखाको आयोजनामा मन्दिरमा सरसफाइ कार्यक्रम गरेर मनाएको थियोे । 

बास नेपाल जिल्ला शाखाले नेपाल सरकारले मान्यता दिएका हरेक दिवस हरूलाई विभिन्न कार्यक्रम गरेर यसरी नै जिल्लामा काम गर्दै आएको डोटी जिल्ला बास नेपाल शाखाका अध्यक्ष सरिता कठायतले जानकारी गराइन् । उनले भनिन् युवाहरूले आफ्नो गाउँ ठाउँ,समाज र देश प्रति चिन्ता गरेनन् भने कसले गर्ने त्यसकारण शाखाले जिल्लामा प्रत्येक दिवसमा विभिन्न तरिकाले कार्यक्रम गर्दै आएको कठायतको भनाइ रहेको छ । 

बास नेपाल ७७ जिल्लामै लागू भएको र सबै ठाउँमा  समय सान्दर्भिक काम गर्दै आइरहेको उनले भनिन् । बास नेपालले जिल्लामा युवाहरूलाई परिचालन गरेर काम गरेकोले युवा दिवसको उपलक्ष्यमा संस्थालाई जिल्ला युवा समिति डोटीले प्रशंसा पत्रले सम्मान गरेको थियो । 

सरसफाइ कार्यक्रममा बास नेपाल सुदूरपश्चिम प्रदेशका सचिव गणेश मौनी, जिल्ला युवा समितिका संयोजक हेम केसी र जिल्ला शाखाका पदाधिकारीहरूको उपस्थिति रहेको थियोे ।