नेपाल कानुन ब्यवसायी परिषद्को ३० औँ वार्षिकोत्सव समारोह सम्पन्न

नेपाल कानुन ब्यवसायी परिषद्को ३० औँ वार्षिकोत्सव समारोह सम्पन्न

धनगढी । नेपाल कानुन ब्यवसायी परिषद् सुदूरपश्चिमको ३० औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।

कैलाली जिल्ला अदालत बार एसोसिएसनको आयोजनामा शनिबार (आज) नेपाल कानुन ब्यवसायी परिषद् सुदुरपश्चिमका अध्यक्ष प्रकाश पाण्डेको अध्यक्षता धनगढी स्थित आस्था होटलमा ३ जना अधिवक्ताहरुलाई सम्मान गरि उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सम्मानित हुनेमा अधिवक्ता शिवबहादुर केसी, ठक्रबहादुर मल्ल र भक्तबहादुर सिंह धामी रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अथिती सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सम्मान पत्र प्रदान गरेका हुन ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले ‘संविधान निर्माण भएपछि संबिधानलाई बुझ्ने सन्दर्भमा स्पष्टताका साथ अगाडि बढ्नु पर्ने छ । विशेष गरि मुलुककै नजर सरकार प्रती हुन्छ’ उनले भने– ‘कानुन ब्यवसाय लाई ब्यवस्थित र निस्पक्ष ढङ्गले जान सहयोग गर्न प्रदेश सरकार तयार छ, जनताको बिश्वासको भरोसाको रुपमा यो पेसालाई सम्मनित बनाउनु छ । तपाईं हामी हातेमालो गर्दै अगाडि बढ्ने छौ’ ।

सो कार्यक्रमका अथिती आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले कानुनले सहि बाटो अपनाउनु पर्नेमा जोड दिए । 

कार्यक्रममा सुदुरपश्चिमका सम्पुर्ण कानुन ब्यवसायी, सुरक्षा निकाय, पत्रकार बिभिन्न कार्यलयका प्रमुख एवम् प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

नेपाल बार एसोसिएसनका उपाध्यक्ष माधवप्रसाद घिमिरेले प्रबिधि (ईन्टरनेटको) को सहयोगमा समेत शुभकामना मन्तब्य राखेका थिए ।