कैलालीमा लागुऔषध सहित २ युवक पक्राउ

कैलालीमा लागुऔषध सहित २ युवक पक्राउ

धनगढी । कैलालीमा लागुऔषध सहित २ जना पक्राउ परेका छन ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ तेघरीको महराटोलबाट लागुऔषध सहति स्थानीय २३ वर्षीय उत्तम महरा र १९ वर्षीय धुर्ब भट्ट पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट १२० मिलिग्राम लागुऔषध बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।