बझाङकी एक महिलाले ८९ वर्षमा पाईन् नागरिकता

बझाङकी एक महिलाले ८९ वर्षमा पाईन् नागरिकता

बझाङ । बझाङकी एक महिलाले ८९ बर्षको उमेरमा नागरीकता पाएकी छिन् । जिल्लाको मष्टा गाउँपालिका भातेखोलाकी गिठीदेवि जोशीले ८९ वर्षको उमेरमा नागरिकता पाउनु भएको छ । उनले हिजो शुक्रवार नागरिकता पाउनु भएको हो । 

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले घरमै गएर नागरिकता दिएपछि जोशीसहित स्थानीयसमेत खुसी भएका छन् । 

उहाँ नागरिकताको आवश्यकताबारे थाहा नहुँदा नागरिकताविहीन हुनुभएको पाण्डेयले बताए । आमाले नागरिकता नपाएको बारेमा छोरा गौरीलालले जिल्ला प्रशासनमा खबर गरेका थिए । त्यसपछि सम्पूर्ण कागजात तयार गरेर घरमै पुगी नागरिकता दिएका हौँु प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने । उनले अब सरकारबाट प्राप्त हुने सेवा सुविधा पाउने पाण्डेले बताए । 

गाउँमा धेरै जनाले सदरमुकाम गएर नागरिकता बनाउन सुझाव दिएपछि प्रशासनलाई जानकारी गराएलगत्तै प्रशासनले घरमै आएर नागरिकता दिएको गौरीलालले बताए ।