कैलालीमा लागुऔषधसहित दुई युवक पक्राउ

कैलालीमा लागुऔषधसहित दुई युवक पक्राउ

धनगढी । कैलालीको तेघरीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका–२ तेघरीको महराटोलबाट १२० मिलिग्राम लागुऔषधहित दुुईजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा २३ वर्षीय उत्तम महरा र १९ वर्षीय धुर्ब भट्ट रहेका छन्।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको बताएको छ।