सेती नदीमा डुबेर कैलालीका एक युवक बेपत्ता

सेती नदीमा डुबेर कैलालीका एक युवक बेपत्ता

धनगढी । बझाङस्थित सेती नदीमा डुबेर कैलालीका एक युवक बेपत्ता भएका छन्।

जिल्लाको लम्कीचुहा नगरपालिका–९  का ३० वर्षीय प्रकाश बम शुक्रबार साँझ सेती नदीमा बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्गाथली गाउँपालिका–२ मौरीबगरस्थित सेती नदीमा माछा मार्न गएका बम डुबेर बेपत्ता भएका हुन्।

उनी मौरीबगरमा ज्याला मजदुरीको काम गर्थे। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।