सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा,सतर्कता अपनाउन अनुरोध

सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा,सतर्कता अपनाउन अनुरोध

धनगढी । आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । अहिले केही प्रदेशमा वर्षा भइरहेको छ । 

दिउँसो कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा चट्याङसहित भारी वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी, गण्डकी, लुम्बिनीकै केही स्थान र बागमती कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ ।

राति भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना छ । यस क्रममा कतिपय ठाउँमा चट्याङ पनि पर्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ । 

भारी वर्षका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षयाजस्ता प्रकोप हुने सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनवीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।