नेफ्टा सुदुरपश्चिम प्रदेशको अध्यक्षमा गिरी

नेफ्टा सुदुरपश्चिम प्रदेशको अध्यक्षमा गिरी

धनगढी । नेफ्टा सुदुरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशन शुक्रबार (आज) धनगढीमा भएको छ । 

नेफ्टाको अध्यक्षमा भक्तराज गिरी चयन भएका छन् भने उपाध्यक्ष दान बहादुर थापा चयन भएका छन् । सचिवमा पवित्रा गोतामे र कोषाध्यक्षमा पूर्ण कुमार विष्ट चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा अनिसा मरहट्टा, लोकराज दहाल, भरतप्रसाद श्रेष्ठ, राजिव चौधरी, सुवास कुँवर, ज्ञानेन्द्र बहादुर शाह र महेश मिश्र चयन भएका छन् ।

अधिवेशनमा सम्पूर्ण वन प्राविधिक, पेशाकर्मी संघ संगठनका प्रमुख एवम् प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।