दैवी प्रकोप उद्धारमा खटिँदै तरुण दल

दैवी प्रकोप उद्धारमा खटिँदै तरुण दल

धनगढी । विपदमा परेकाहरुलाई सहयोग गर्न तथा उद्धारका लागि नेपाल तरुण दल कैलाली खटिने भएको छ । 

लगातारको वर्षाले कैलालीको जनजीवन प्रभावित बनेको भन्दै शुक्रबार बसेको नेपाल तरुण दल जिल्ला कार्य समिति कैलालीको बैठकले प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि तरुणहरुलाई खटाउने निर्णय गरेको हो । 

बाढीका कारण कैलालीको दक्षिणी क्षेत्र र पहिरोका कारण चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकामा क्षति भएको भन्दै तरुण दलमा रहेका युवाहरुलाई सो क्षेत्रमा उद्धार र राहतका लागि खटाउने तरुण दलका जिल्ला अध्यक्ष दिपेन्द्र बमले बताए । 

यस्तै, सोही बैठकले तरुण दलमा पदाधिकारी र जिल्ला सदस्यमा मनोनित भएकाहरुलाई अनुमोदन गरेको छ ।