कृष्णपुरमा मनाईयो बाल सहभागिता दिवस

कृष्णपुरमा मनाईयो बाल सहभागिता दिवस

धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा दोश्रो राष्ट्रिय बाल सहभागीता दिवस मनाईएको छ । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को समन्वयमा नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा एक कार्यक्रमका बिच दिवस मनाइएको हो ।

वल्र्ड भिजन र नेपाल जुटौं गैरसरकारी संघसंस्थाको सहयोगमा बालबालिकाका नैसर्गिक ४ ओटा अधिकार मध्ये बाल सहभागिता अधिकारको सुनिश्चित हुनुपर्ने भन्दै दिवस मनाइएको एनएनएसडब्ल्युएका बाल संरक्षण अधिकृत गणेश भुलले जानकारी दिए । उनले दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमका साथै बाल सहभागीता कार्यविधि निर्माणका लागि नगरपालिकालाई ज्ञापन पत्र समेत बुझाईएको बताए ।

कृष्णपुर नगरपालिकाका उपप्रमुख द्रौपदी रानाको प्रमुख आथित्यतामा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सहभागी बाल क्लबका टोलीहरुले उपप्रमुख मार्फत नगरप्रमुखलाई बाल सहभागिता सम्वन्धि कार्यविधि निर्माणका लागि ज्ञापन पत्र बुझाएका थिए ।

कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख तथा अधिकृतहरु, नेपाल राष्ट्रिय समाज कल्याण संघका कार्यक्रम संयोजक तथा कर्मचारीहरु, वल्र्ड भिजन ईन्टरनेसनल नेपालका फिल्ड संयोजक लगायत बाल क्लबका पदाधिकारीहरु तथा बाल संजालका पदाधिकारीहरु तथा वडाका सबै बाल क्लबका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागी बाल क्लबका पदाधिकारीहरुले बाल अधिकार सुनिश्चिताका लागि स्थानिय सरकार संवेदनशिल र जिम्मेवार हुनुपर्ने र त्यसका लागि यथासिघ्र बाल सहभागिता सम्वन्धि कार्यविध बनाउनु पर्ने माग राखेका थिए ।