डोटीमा बाँदरले मकै खान थाले पछि किसान चिन्तित

डोटीमा बाँदरले मकै खान थाले पछि किसान चिन्तित

एकेन्द्र चन्द/ डोटी । डोटीमा  बाँदरले आतंक मच्चाउन थानेका छ्न ।डोटीको बडिकेदार गाउँपालिका, जोरायल गाउँपालिका सिखर नगरपालिका बोगटान फुड्सिल गाउँपालिका लगायत डोटीका अन्य पालिकामा विभिन्न ठाउँमा बादरले मकै खान थाले पछि किसान चिन्तित बनेका छ्न । 

फल्दै गरेका मकै बाँदरले क्षणभरमै सखाप पारेपछि जिल्लाका किसानहरु मर्कामा परेका छन् । 

जिल्लाका केही ठाउँमा बँदेलले पनि दुस्ख दिएको छ । बडिकेदार ५ बिरेगडामा  दिउँसोमा बाँदर र रातिमा बँदेलले मकै खेती नष्ट गर्न थालेको स्थानिय टीका सिह बोहराले बताए ।  अनेक दुस्ख कष्ट गरे वर्षभरीलाई जुगाड गरेको मकै बाली बाँदर, सुगा र बँदेलले खान थाले पछि स्थानीयले  मकै बारिमा जाग्राम बस्न बाध्य भएका छ्न ।