कांग्रेस संसदीय दलको बैठक भोली दिउँसो बस्ने

कांग्रेस संसदीय दलको बैठक भोली दिउँसो बस्ने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार (भोली) बस्ने भएको छ। शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्ने भएको हो।

बिहीबार बसेको दलको कार्यसमिति बैठकले शुक्रबार १ बजेका बस्ने गरी बैठक डाकेको हो ।

संसदीय दलको बैठक बस्नुअघि बिहीबार कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्भावित एजेण्डा र भावी रणनीतिका बारेमा छलफल गरेका हुन् । धुम्बाराहीस्थित देउवा निवासमा देउवाले उपसभापति पूर्णबहादुर खड्का र दुई महामन्त्रीसँग छलफल गरेका हुन् ।

बैठकमा प्रमुख सचेतक रमेश लेखकलगायत सहभागी रहेका थिए । 

बैठकमा अवैध सुन तस्करी, नक्कली भुटानी शरणार्थी, ललिता निवास  प्रकरण र सरकारका पछिल्ला काम कारबाहीबारे छलफल भएको थियो।

शुक्रबारको बैठकमा यीसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बिहीबारै पक्राउ गरेका सांसद डा। सुनील शर्माका विषयमासमेत संसदीय दलको बैठकमा छलफल हुने जनाइएको छ ।