मिडिया कप फुटसल प्रतियोगिता धनगढीमा सुरु

मिडिया कप फुटसल प्रतियोगिता धनगढीमा सुरु

धनगढी : धनगढीमा आजदेखि मिडिया कप फुटसल प्रतियोगिता सुरु भएको छ । धनगढीको फल्याटल्याण्ड फुटसलमा सुरु भएको प्रतियोगिताको पहिलो दिन आज चार खेल भएका छन् ।

आज भएको खेलमा एसटीएस टेलिभिजन, रेडियो धनगढी र बी टिभी विजयी भएका छन् भने रेडियो डेलिमेल र डेलीपाटी डट कमले बराबरी खेलेका छन् ।

उद्घाटन खेलमा एसटीएस टेलिभिजनले पश्चिम टुडेलाई १५—२ ले पराजीत गरेको हो । एसटीएसका लागि सागर शाहले सर्वाधिक ७ गोल गरे । शंकर बोहोराले चार जितेन्द्र रावल र योगेन्द्र नायकले दुई दुई गोल गरे ।

पश्चिम टुडेका लागि दिपक उपाध्याय र खेम उपाध्यायले एक एक गोल फर्काए । यस्तै आज नै भएको अर्का खेलमा रेडियो धनगढी विजयी भएको छ । धनगढीले दिनेश एफएमलाई ६—१ गोलले पराजीत गरेको हो । रेडियो धनगढीका लागि लोक कार्कीले तीन, प्रकाश छेडाल, सौरभ थापा र पुष्प जोशीले एक एक गोल गरे ।

दिनेश एफएमका लागि कमल सावदले एक गोल फर्काएका थिए । तेस्रो खेलमा भने रेडियो डेलिमेल र डेलीपाटी डटकमले चार–चारको बराबरी खेले । डेलिमेलका लागि सन्तोष रावतले तीन तथा राजेश चौधरीले एक गोल गरे । डेलीपाटीका लागि पुष्कर विकले चार गोल गरे ।

पहिलो दिनको चौथो तथा अन्तिम खेलमा बी टिभी विजयी भएको छ । बी टीभीले सुदुर सन्देशलाई ५—४ ले हराएको हो । बी टिभीका लागि नवराज धानुकले तीन र सीताराम ओझाले दुई गोल गरे । सुदुर सन्देशका लागि बालकृष्ण शर्माले तीन र पुष्कर पौडेलले एक गोल गरे ।

पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा दैनिक लिग चरणका चार खेल हुनेछन् । यअसघि प्रतियोगिताको एक कार्यक्रमका बिच नेपाली कांग्रेसका प्रदेशसभा सदस्य डिल्लीराज पन्तले गरेका थिए । प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र तथा उपविजेताले नगद ७ हजार सहित नगद ट्रफी र प्रमाण पत्र पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले पनि नगद पुरस्कार पाउने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीले जनाएको छ ।