बझाङमा काँग्रेसको आन्तरिक विशेष अभियानका लागि गाँउ गाँउमा प्रतिनिधी खटिए

बझाङमा काँग्रेसको आन्तरिक विशेष अभियानका लागि गाँउ गाँउमा प्रतिनिधी खटिए

धनगढी  । नेपाली काँग्रेसको आन्तरिक विशेष अभियानका लागि बझाङ जिल्ला भरी प्रतिनिधि खटाएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट बझाङ जिल्ला प्रतिनिधी भएर केन्द्रीय सदस्य डा.रणबहादुर रावलको प्रमुख आतिथ्यमा बैठक बसेर जिल्ला समितिले बिभिन्न क्षेत्रमा प्रतिनिधी पठाएको छ । नेपाली काँग्रेस बझाङ जिल्ला कार्यसमितिको बैठकले जिल्ला सदस्यलाई गाँउ गाँउ पठाएको हो ।

देशै भरी आन्तरिक बिशेष अभियानमा (मिसन २०८४) सुरू संचालन गरेको बेला बझाङमा पनि गाँउ गाँउ प्रतिनिधी बनाएर पठाएको केन्द्रीय सदस्य डा.रावलले जानकारी दिए । नेपाली काँग्रेस केन्द्रीय कार्यालयको परिपत्र अनुसार साउन २० गते देखि ३० गते सम्मका लागि आन्तरिक विशेष अभियान बझाङ जिल्लामा पालिका, वडामा समेत खटिएका छन् । नेपाली काँग्रेस बझाङले विशेष अभियानलाई सफल पार्न जिल्ला भरि १० जना प्रतिनिधि खटाइएको बझाङका सभापति खड्क बोहराले जानकारी दिए ।

साउन २५ गते संचालन हुने अभियानका लागि छबिसपाथिभेरा गाउँपालिका ब्यासीमा प्रेम बोहरा, सुर्मा गाउँपालिका दौलिचौरमा अक्कल कुँवर, खप्तडछान्ना गाउँपालिका कृष्णराज गिरी, जयपृथ्वी नगरपालिकामा गगन रावल, मष्टा गाउँपालिका भातेखोलामा उपसभापति बर्कबहादुर रोकाया, साईपाल र तलकोट गाउँपालिकाको संयुक्त कार्यक्रम सुनिकोटका लागि सहसचिव राजेन्द्र धामी, दुर्गाथली गाउँपालिका चौधारीमा राम खाती, थलारा गाउँपालिका खोलीका लागि महाधिवेशन प्रतिनिधि जनक दौल्याल, बुङ्गल नगरपालिका बिजगडामा गुणाकर जोशी, केदारस्युँ र बित्थडचिर गाउँपालिकाको संयुक्त कार्यक्रम बागथलाका लागि गणेश बोहरा र महेश मल्ललाई नेपाली काँग्रेस बझाङले प्रतिनिधिको रूपमा खटाईएको नेपाली काँग्रेस बझाङका प्रबक्ता रमानन्द जोशीले जानकारी दिए । काँग्रेसको आन्तरिक विशेष अभियान यहि साउन २८ र २९ गते बझाङमा जिल्ला भरिको दुई दिने बृहत् भेला गरि आन्तरिक बिशेष अभियानको समिक्षा र काँग्रेसको बर्तमान र भविष्यको बाटो तय हुने समेत नेपाली काँग्रेस बझाङले जनाएको छ ।