एमालेले अवरोध गरेपछि बुधवार पनि राष्ट्रिय सभा बैठक स्थगित

एमालेले अवरोध गरेपछि बुधवार पनि राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं ।  एमालेले अवरोध गरेपछि बुधबार पनि राष्ट्रिय सभा बैठक अवरुद्ध भएको छ।

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएको एमालेका सांसदहरूले उठेर अवरोध गरेपछि बुधवार बसेको राष्ट्रिय सभा बैठक पनि केहीबेरमै अवरुद्ध भएको हो। एमालेका सांसदहरूले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक आगामी साउन २६ गते शुक्रवार बिहान ११ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको छ।

सांसदहरूले समसामयिक विषयमा आफ्नो धारणा राखेपछि एमालेका सांसदहरूले बैठक आज पनि अवरुद्ध पारेका हुन्। त्यसक्रममा एमालेकी सांसद विमलाकुमारी घिमिरेले सो प्रकरण छानविनका लागि उच्चस्तरीय समिति बनाउने काम नहुँदासम्म बैठक चल्न नदिने बताइन्।

‘सरकारकै जिम्मेवार पदाधिकारीहरूको संलग्नता भएकाले आफूहरूले त्यसको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्नुपरेको हो। यसबाट हामी पछि हट्दैनौँ,’ उनले भने।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक अघि बढाउन पटकपटक आग्रह गरे पनि एमालेका सांसदहरूले मानेनन्।