मदन पुरस्कारका लागि ‘श्रेष्ठ सूची’ सार्वजनिक

मदन पुरस्कारका लागि ‘श्रेष्ठ सूची’ सार्वजनिक

काठमाडौं । मदन पुरस्कार गुठीले २०७९ सालको मदन पुरस्कारका लागि ‘श्रेष्ठ सूची’ सार्वजनिक गरेको छ। गुठीले २०७९ सालमा प्रकाशित भएका ३१३ पुस्तकमध्ये ‘उत्कृष्ट’ ५ पुस्तकलाई छनोट गरेर ‘श्रेष्ठ सूची’ सार्वजनिक गरेको हो। 

‘श्रेष्ठ सूची’मा छनोट भएका पुस्तकहरूमा सुविन भट्टराईको ‘इजोरिया’, विवेक ओझाको ‘ऐँठन’, द्वारिकानाथ ढुंगेलको ‘चक्रव्यूहमा नेपालको जलस्रोत’, प्रगति राईको ‘थाङ्‌ग्रा’ र सञ्जय बिष्टको ‘माटाको घर’ रहेका छन्।

‘श्रेष्ठ सूची’मा छनोट भएका ५ पुस्तकमध्येको १ पुस्तकलाई २०७९ सालको मदन पुरस्कार दिइने गुठीले जनाएको छ।