युवतीलाई करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ

युवतीलाई करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ

धनगढी : २० वर्षीया युवतीलाई करणी गर्न खोजेको आरोपमा प्रहरीले धनगढी बाट एक जनालाई पक्राउ गरेको छ । युवतीको कोठामै प्रवेश गरी जबरजस्तीकरणी गर्न खोजेको आरोपमा प्रहरीले डोटीको शिखर नगरपालिका ५ का ४५ वर्षीय धनकुमार जोशीलाई पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरका स्थानीय दिपक मल्लको घरमा डेरा गरी बस्दै आएका जोशीले करणी गर्न खोजेको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए । दुवै जना एउटै घरमा डेरा गरी बस्दै आएका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।