अछामका युवक विनोद शाहीका हत्या आरोपी पक्राउ

अछामका युवक विनोद शाहीका हत्या आरोपी पक्राउ

अछाम । अछामका विनोद शाहीको हत्यामा संलग्न रहेको आरोप लागेका सज्जनबहादुर शाही पक्राउ परेका छन् । 

उनलाई एमालेको भ्रातृ संगठन युवासंघ नेपालका कार्यकर्ताले काठमाडौंको धापासीबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । उनी १६ महिनादेखि फरार थिए । 

विनोद २१ जेठमा २०७९ मा मृत फेला परेका थिए । १७ जेठमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच अछामको पञ्चदेवलमा विवाद भएको थियो ।

सो विवादलगत्तै बेपत्ता भएका शाहीको चार दिनपछि शव भेटिएको थियो । घटनामा संलग्नहरूले शक्ति केन्द्रको आडमा उन्मुक्ति पाएको पीडित परिवारको आरोप छ । 

फरार रहेकाहरूलाई पक्रेर कारबाही गर्नुको साटो पीडित परिवारलाई उल्टै धाकधम्की दिन थालेपछि मृतकका दाइ बखतबहादुर शाही १० जनाको टोलीसहित अछामबाट काठमाडौं आएर युवासंघ गुहारेका थिए ।