माओवादी केन्द्रको सुदूरपश्चिम इन्चार्जबाट हटाइए भट्ट, आचार्य नयाँ इन्चार्ज

माओवादी केन्द्रको सुदूरपश्चिम इन्चार्जबाट हटाइए भट्ट, आचार्य नयाँ इन्चार्ज

धनगढी । माओवादी केन्द्रमा पदाधिकारी तथा स्थायी समिति सदस्यहरुको विभाग हेरफेर गरिएको छ । केन्द्रीय समिति बस्नुअघि बालुवाटारको पदाधिकारी बैठकमार्फत अध्यक्ष प्रचण्डले जिम्मेवारी फेरबदल गराएका हुन् ।

त्यसअन्तर्गत उपमहासचिव वर्षमान पुन अनन्तले विशेष प्रदेशको जिम्मेवारी पाएका छन्  भने अर्का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् ।

यस्तै देवेन्द्र पौडेलले मधेस प्रदेशको जिम्मेवारी पाएका छन् । यसैगरी कर्णालीमा चन्द्रप्रकाश खनाल बलदेव, सुदुरपश्चिममा डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी पाएको प्रचण्ड निकटका एक नेताले  बताए ।

केन्द्रीय समिति बैठक कमलादीमा सुरु भइसकेको छ । यतिबेला अध्यक्ष प्रचण्ड बोलिरहेका छन् ।