११० इन्चको माइक्रो एलइडी टिभी, मूल्य १ करोड ८२ लाख

११० इन्चको माइक्रो एलइडी टिभी, मूल्य १ करोड ८२ लाख

एउटा टेलिभिजनको मूल्य अधिकतम कतिसम्म पर्ला रु के तपाईंले झण्डै २ करोड रुपैयाँ मूल्य पर्ने टेलिभिजन पनि बजारमा छ भन्ने कल्पना गर्नुभएको छ रु यति धेरै मूल्यको टेलिभिजन पनि हुन्छ भन्ने सायद हामीलाई थाहै छैन । तर दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले एउटा यस्तो टेलिभिजन बजारमा ल्याएको छ जसको मूल्य नै १ करोड ८२ लाख रुपैयाँ पर्दछ ।

सामसुङको उक्त अल्ट्रा लक्जरियस माइक्रो एलईडी टिभी ११० इन्चको छ । बुधबार भारतीय बजारमा लञ्च गरिएको सो टेलिभिजनको मूल्य १ करोड १४ लाख भारु तोकिएको छ ।

यो टेलिभिजन केवल भिमकाय साइजका कारणमात्रै त्यति महँगो भएको होइन । यसमा अत्याधुनिक अर्थात् नेक्स्ट लेभल प्रविधि तथा फिचर्स उपलब्ध छन् ।

आफ्ना अभूतपूर्व सुविधा तथा टेलिभिजन प्रविधिमा सबैभन्दा नौलो प्रयोगका कारण यसले टेलिभिजन उद्योगमा नयाँ क्रान्ति ल्याउने दाबी सामसुङको छ ।

यो टेलिभिजनमा २४।८ मिलियन माइक्रोमिटर आकारका गतिचब कmबिि एलइडी छन् जसको आकार ठूलो एलईडीको तुलनामा १० प्रतिशत मात्रै हुन्छ ।

यी सबै माइक्रो एलईडीहरुले फरक–फरक खालका यस्ता प्रकाश तथा रंग उत्पन्न गर्दछन् जसबाट उत्कृष्ट गहनता, जीवन्त रङ तथा अत्यधिक प्रष्ट र उज्यालोपना प्राप्त हुन्छ । पृथ्वीमा दोस्रो सबैभन्दा कठोर पदार्थ भनिने सफायरबाट ती माइक्रो एलईडी तयार गरिएको हो ।

माइक्रो एलईडी प्रविधियुक्त यस टिभीमा माइक्रो एलईडी, माइक्रो कन्ट्रयास्ट, माइक्रो कलर, माइक्रो एचडीआर तथा माइक्रो प्रोसेसर छन् जसले निकै उच्च गुणस्तर प्रदान गर्ने दाबी गरिएको छ ।