धनगढीमा लागुऔषधसहित तीन जना पक्राउ

धनगढीमा लागुऔषधसहित तीन जना पक्राउ

धनगढी । धनगढीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।  धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट ७ सय मिलिग्राम लागुऔषधसहित धनगढी–८ का २१ वर्षीय राहुल राना र २० वर्षीय अरुण राना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरीचौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुकोसाथबाट लागुऔषध फेला परेको जनाएको छ।

यस्तै गोदावरी नगरपालिका–१ धनगढी रोड सब्जीमण्डीबाट सोही ठाँउका २३ वर्षीय तेज साँउदलाई मंगलवार साँझ पक्राउ गरिएको छ।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले ४ सय मिलिग्राम लागुऔषधसहित फेला पारी साँउदलाइ पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।