अत्तरियाको रेडियन्ट ग्यास उद्योगलाई पचास हजार जरिवाना

अत्तरियाको रेडियन्ट ग्यास उद्योगलाई पचास हजार जरिवाना

धनगढी । कैलालीको गोदवरी नगरपालिका – ३ अत्तरियामा रहेको रेडियन्ट ग्यास उद्योगलाई पचास हजार जरिवाना गरिएको छ । 

शुक्रवार उद्योगमा गरिएको अनुगमनका क्रममा ग्यास सिलिन्डरमा मापदण्डभन्दा कम र बढी ग्यास भरेको भेटिएको पाइएपछि जरीवाना गरिएको हो ।

शुक्रवार उद्योगमा सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको नेतृत्वको टोलीले अनुगमन गरेको थियो ।

अनुगमनमा क्रममा ग्यास उद्योगले १४ दशमलव २ किलोग्राम ग्यास भर्नुपर्नेमा कुनै सिलिन्डरमा तोकिएभन्दा निकै कम र कुनै सिलिन्डरम तोकिएभन्दा बढी ग्यास भर्ने गरेको फेला परेपछि कारवाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताएका छन ।

बढी ग्यास भर्दा सिलिन्डर बिस्फोट हुन सक्ने जोखिम रहने र तोकिएभन्दा कम ग्यास भर्दा पनि कानूनको उल्लङ्घन गरिएको देखिएकाले ५० हजार जरिबाना सहित सचेत गराउने निर्णय भएको उनले बताए ।