धनगढीको जिएस अटो पार्ट्समा आगलागी, ६० लाख बराबरको क्षति

धनगढीको जिएस अटो पार्ट्समा आगलागी, ६० लाख बराबरको क्षति

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर- ८ स्थित एक  जिएस जिएस अटो पार्ट्समा आगलागी भएको छ ।

कैलारी गाउँपालिका वडा नम्बर- ४ का सुरज चौधरीले सञ्चालन गरेको जिएस अटो पार्ट्समा विद्युतको तार सर्ट भएर आगलागी भएको हो ।

आगलागीबाट ६० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले बताए ।

प्रहरी, स्थानीय र दमकलको प्रयोगले आगो नियन्त्रणमा लिइएको हो ।