नवौ अन्तराष्ट्रीय कराँतेको सहप्रायोजक ज्योती लाइफ ईन्स्योरेन्स

नवौ अन्तराष्ट्रीय कराँतेको सहप्रायोजक ज्योती लाइफ ईन्स्योरेन्स

धनगढी । यही जेठ ९ गते देखी धनगढीमा आयोजना हुन गइरहेको नवौ अन्तराष्ट्रीय आमन्त्रीत कराँते प्रतियोगीतामा ज्योती लाइफ ईन्स्योरेन्स सहप्रायोजकको रुपमा अनुबन्धीत भएको छ । 
आयोजक राष्ट्रीय गोजुरियो कराँते दो संघ का महासचिब तथा प्रतियोगीताका संयोजक प्रकाश चन्द र ज्योती लाइफ ईन्स्योरेन्स धनगढी शाखाका प्रवन्धक पुस्पा चन्द विच सहप्रायोजक रहने गरि सम्झौता गरिएको छ ।
खेलकुद क्षेत्रमा योगदान दिने उदेश्यका साथ यो प्रतियोगीतामा सहकार्य गरिएको धनगढी शाखाका प्रवन्धक पुस्पा चन्दले बताउनुभयो । ज्योती लाइफको सहकार्यले प्रतियोगीता सम्पन्न गर्न महत्वपुर्ण भुमिका हुने बताउदै प्रतियोगीता संयोजक चन्दले धन्यावाद व्यक्त गर्नुभयो ।  
नवौ संस्करणको रुपमा धनगढीमा आयोजना भइरहेको प्रतियोगीतामा नेपाल लगायत ६ वटा देशहरुका कराते खेलाडी एवम् अफीसियलहरु सहभागी हुनेछन् ।