पार्किङमा राखेको मोटर साइकलमा अचानक आगलागी

पार्किङमा राखेको मोटर साइकलमा अचानक आगलागी

कैलाली : कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रोकि राखेको मोटरसाईलमा अचानक आगलागी भएको छ । अचानक आगलागी भएर मोटरसाईकल पूर्ण रुपमा क्षति  भएको छ ।  

बिजय लक्ष्मी हार्डवर एण्ड आयल निगमको दक्षिण तिर रोकि राखेको मोटरसाईकलमा अचानक आगलागी भएको हो । धनगढी उपमाहानगरपालिका ५ शिबनगरमा बसोबास गर्ने कर्ण बहादुर थापाको से ६ प १५१२ नम्बरको कालो कलरको पल्सर मोटरसाईकलमा अचानक आफै आगलागी भएको थियो ।

मोटरसाईकलमा लागेको आगो स्थानिय बासीहरुले नियन्त्रणमा लिएका थिए । मोटरसाईकलमा के कारणले आफै आगो लागेको भन्ने बारेमा अहिले नै भन्न नसकिने इलाका प्रहरी कार्यालय  सुखड जनाएको छ ।