कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का ३५ वर्षीय लक्ष्मण भट्ट रहेका छन् । उनलाई भीमदत्त नगरपालिका–४ बसपार्कबाट ०.३७ ग्राम लागुऔषधसहित पक्राउ गरिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बसपार्क कन्चनपुरबाट खटिईएको संयुक्त प्रहरी टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।