धनगढी : काठमाण्डौको राष्ट्रिय कला परिसदमा सम्पन्न “नवौ राष्ट्रिय ललितकला प्रदर्शनी २०७६” मा सुदुर पश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका योगेन्द्र बम “ललितकला प्रदेश बिशेष पुरस्कार” ले सम्मानित भएका छन ।
उहाले उक्त पुरस्कार माननीय उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलज्यूको प्रमुख आतिथ्यता रहेको राष्ट्रिय कला परिसदमा सम्पन्न भएको कार्यक्रममा प्राप्त गर्नु भएको हो ।
उहाले उक्त सम्मान सुदुरपश्चिम प्रदेशलाई पर्यटन प्रवर्धन गर्न फोटोग्राफी तर्फबाट पाउनु भएको हो । उक्त सम्मान मा राष्ट्रिय कदर पत्र का साथै नगद २५ हजार रुपिया प्राप्त गर्नु भएको छ ।