धनगढीमा अनुमतिबिना क्लिनिक सञ्चालन गर्ने दुई जना पक्राउ

धनगढीमा अनुमतिबिना क्लिनिक सञ्चालन गर्ने दुई जना पक्राउ

धनगढी । धनगढीमा अनुमतिबिना क्लिनिक सञ्चालन गर्ने दुई जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडीमा ४५ वर्षीय अर्जुन कुँवरले सञ्चालन गरेको अर्जुन क्लिनिक र वडा नम्बर ७ मा २१ वर्षीया कमला बोहराले सञ्चालन गरेको अभिनव हेल्थ क्लिनिक अनुमतिबिना सञ्चालनमा रहेका पाइएको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडी र वडा नम्बर ७ देवरियामा दुईवटा क्लिनिक अनुमतिबिना सञ्चालनमा रहेका पाइएको हो ।

दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरूले क्लिनिक सञ्चालनको अनुमति नलिएको र अन्य मापदण्डसमेत पूरा नगरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरूले विभिन्न प्रकारका औषधिसमेत बिक्री गर्दै आएका थिए ।

दुवै जनाविरुद्द मुलुकी अपराध संहिता २०७४ परिच्छेद १९ अन्तर्गत ईलाज सम्बन्धी कसुर मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कुलदिप चन्दले बताए ।