१९ थान गोलीसहित  वीरगञ्जबाट भारतीय नागरिक पक्राउ

१९ थान गोलीसहित  वीरगञ्जबाट भारतीय नागरिक पक्राउ

पर्सा । पर्साको वीरगञ्जमा सर्टगनको १९ थान गोलीसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत बिहार पश्चिमी चम्पारण जिल्ला वेतिया ग्राम लगुनाहा वडा नं. १४ बस्ने वर्ष २२ को मुरारी कुमार कुशवाहा रहेका छन्।

प्रहरी चौकी बसपार्कबाट खटिएको नियमित चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो।

वीरगञ्ज महानगरपालिका–१६ भानुचोकस्थित सडकखण्डमा शंकास्पदरूपमा हातमा झोला बोकी पैदल बसपार्कतर्फ आउँदै गरेको अवस्थामा उनलाई खानतलासी गर्दा १२ शक्तिमान १२ एक्सप्रेस लेखिएको सर्टगनको गोली राउन्ड १५ थान, के एफ१२ लेखिएको सर्टगनकै गोली राउण्ड ३ थान, १२ केएफ १२९६ लेखिएको राउन्ड १ थान गरी जम्मा १९ राउण्ड फेला परेको प्रहरीले जनाएको छ।

यस बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।