कञ्चनपुर घटनाका घाइतेको उपचार खर्च प्रदेश सरकारले बेहोर्छ : अर्थमन्त्री बोहरा

कञ्चनपुर घटनाका घाइतेको उपचार खर्च प्रदेश सरकारले बेहोर्छ : अर्थमन्त्री बोहरा

काठमाडौँ : प्रदेश ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा कञ्चनपुर घटना (निर्मला हत्या प्रकरण) का घाइतेको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने बताएका छन । 

विहिवार प्रहरीको गोली लागेर घाईते भएका कञ्चनपुरका अर्जुन भण्डारीको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र सांसद लेखराज भट्टसगै शुक्रवार त्रिवि शिक्षण अस्पतालमा पुगेका मन्त्री बोहराले उपचारमा लाग्ने सबै खर्च प्रदेश सरकारले बेहोर्ने जानकारी दिए ।

प्रहरीको गोली लागेर गम्भीर घाइते भएका भण्डारीलाई धनगढीको सेती अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि बिहिबार नै काठमाडौँ ल्याइएको थियो । 

उनले संघीय सकारका गृहमन्त्रीबाट पनि भण्डारीको उपचारका लागि आवश्यक पर्न सबै खालको सहयोग प्राप्त हुने आश्वासन पाएको जानकारी दिए ।