अनौठो क्रिकेट खेल : दशैजना ब्याट्स्वुमन ० मा आउट !

अनौठो क्रिकेट खेल : दशैजना ब्याट्स्वुमन ० मा आउट !

भारतको कोचीस्थित पेरिन्थालमन्ना क्रिकेट स्टेडियममा बुधवार खेलिएको एक खेलमा अनौठो कीर्तिमान बनेको छ । 

कासारागोड अन्डर–१९ किशोरी टीमका सबै ब्याट्स्वुमन वायानादविरुद्धको क्रिकेट म्याचमा शून्यमा आउट भए । 

उनी सबैजना बोल्ड आउट भएका थिए । क्रिकेट इतिहासमा यो अद्वितीय आँकडा हो । कासारागोड टीम ४ रनमा अलआउट भएको हो । त्यो चार रन एक्स्ट्रामा प्राप्त भएको हो । 

कासागारोडका भएभरका ब्याट्स्वुमन खाता पनि नखोली पेभिलियन फर्केपछि वायानाडका ब्याट्स्वुमनहरूले निर्धारित पाँच रनको लक्ष्य कुनै विकेट नगुमाई जम्मा एक ओभरमा हासिल गरे । 

कासागारोडकी कप्तान एस अक्षताले टस जितेर ब्याटिङ रोज्दा आँखा झिम्के जति समयमा खेल सकिने शायदै सोचेकी थिइन् । 

कासागारोडका ओपनरहरू के वीक्षिता र एस चैत्रा दुई ओभरसम्म त टिकेका थिए तर तेस्रो ओभरमा वायानाडकी कप्तान नित्या लूर्धले ६ बलमा तीन विकेट लिएपछि कासागारोडको पतन शुरू भएको थियो ।

द टाइम्स अफ इन्डियाबाट