बैतडीमा एक किशोरी मृत फेला, हत्याको आशंकामा युवक पक्राउ

बैतडीमा एक किशोरी मृत फेला, हत्याको आशंकामा युवक पक्राउ

बैतडी : बैतडीमा एक किशोरी मृत फेला परेकी छन्। जिल्लाको मेलौली नगरपालिका-७, बनालीमा १८ वर्षीय किशोरीको शव फेला परेको छ।

मणिलेक माध्यमिक विद्यालय मेलौलीमा कक्षा १२ अध्ययनरत छात्रा सावित्री चन्दको शव कोठामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नेत्रमणि गिरीले बताए।

घटनास्थल खानतलासीका क्रममा युवतीको कोठामा पर्स भेटिएपछि सो आधारमा शंकास्पद देखिएपछि एक युवकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोे छ। पक्राउ पर्ने सोही ठाउँका प्रशान्त क्षेत्री रहेका छन्।

कक्षा ११ को मौका परिक्षा दिन आएकी सावित्री मृत भेटिएपछि अनुसन्धानमा उनको कोठामा प्रहरीले खानतलासी गर्दा प्रशान्तको पर्स र नागरिकता लगायतका अन्य कागजपत्रहरु फेला परेपछि उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएकाे हाे।