धरानमा गोली हानी एक युवकको हत्या

धरानमा गोली हानी एक युवकको हत्या

विराटनगर । कोशी राजमार्ग अन्तर्गत सुनसरीको धरान सडकखण्डमा गोली हानी एक युवकको हत्या गरिएको छ ।

शुक्रबार दिउँसो गोली हानी  विराटनगर ५ का २८ वर्षीय रोहित चौधरीको हत्या गरिएको प्रहरीले जनाएको छ । चौधरीलाई सेउती खोलाको पुलनजिकै गोली प्रहार भएको सुनसरी प्रहरीले जनाएको छ ।

मूलघाटबाट विराटनगर फर्किएका उनको दाहिने कोखमा गोली लागेको सुनसरीका प्रहरी प्रमुख प्रभु ढकालले जानकारी दिए । चौधरीको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । 

ढकालले गोली प्रहार गर्नेको पहिचान भइसकेको छिट्टै पक्राउ पर्ने बताए ।