सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिबेशन शुरु

सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिबेशन शुरु

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिबेशन बुधबार शुरु भएको छ । बुधबार शुरु भएको अधिबेशनको पहिलो बैठकमा सभामुख अर्जुन बहादुर थापाले प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सभाको चौथो अधिबेशन आह्वान गरेको पत्र सभामा पढेर सुनाउनुभयो ।

अधिबेशनको शुरुवातमा सत्तापक्षका तीन जना, प्रमुख प्रतिपक्षी दलका दुई जना र प्रतिपक्षी दल राजपाका एक जना प्रदेश सांसदले शुभकामना ब्यक्त गर्नुभयो । बुधबारको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले सुदूरपश्चिम प्रदेशमा औद्योगिक विकास सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७६ प्रदेश सभामा टेबुल गर्नुभयो ।  

विधेयक टेबुल हुनुपूर्व बिशेष समयमा बोल्दै सत्तापक्ष नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले बजेट अधिबेशन प्रारम्भ भएकोले चालू आर्थिक बर्षमा जस्तो बजेट खर्च गर्न नसक्ने अवस्था आगामी आर्थक बर्षमा नआउने विश्वास ब्यक्त गर्नुभयो । उहाँले नेपालको केन्द्रीय सत्ताको सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन आउन नसकेको बताउनुभयो । 

यस्तै नेकपामा अर्का सासंद बीरमान चौधरीेले ककेन्द्रीय सत्ताले सुदूुपश्चिमलाई उपेक्षा गरेका कारण नै संघीयताको जन्म भएकोले बलिदानबाट प्राप्त ब्यवस्थाको रक्षार्थ सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावलले प्रदेश सरकारले चालू आर्थिक बर्षमा १० महिना पुरा हुँदा सम्म जम्मा १३ प्रतिशत मात्रै पूजीगत बजेट खर्च गर्न सकेकोले सरकारको खर्च गर्न सक्ने क्षमतााथि प्रश्न उठेको भन्दै आलोचना गर्नुभयो । 

नेपाली कांग्रेसकै सासंद भरत बहादुर खड्काले सरकारले योजनाहरु बितरण गर्दा र उपभोक्ता समितिहरु बनाउँदा आर्थिक अनुशासन कायम नरहने गरी काम गरिरहेको आरोप लगाउनुभयो ।

उहाँले सरकारले स्वच्छन्द भएर काम गर्न थालेकोमा चिन्ता ब्यक्त गर्दै संसदबाट सुशासन विधेयकक पारित गरिएपनि, तयो विधेयक पारित भएपछि केही सकारात्मक कुरा सुन्न पाइएला भन्ने आशा गरेकोमा परिणाम उल्टो आएको बताउनुभयो । 

राजपाकी सासंद मालामति रानाले प्रदेश सरकारको कामकाज गराईले सासंदहरु निराश हुनुपर्ने अवस्था आएको बताउनुभयो । 

सरकारको नीत तथा कार्यक्रम तथा बजेट समेत प्रस्तुत हुने यस अधिबेशनमा बजेटका सिद्धान्तहरु माथि छलफल हुने छ । प्रदेश सभाको अर्को बैठक बिहीबार दिउँसो ३ बजे बस्ने छ ।