वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार, दुई जना पक्राउ

वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार, दुई जना पक्राउ

काठमाडौँ । दाङको तुलसीपुरस्थित नयाँ बसपार्कमा एक वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार भएको छ ।

गए राति करिब साढे १२ बजेतिर पार्किङ गरिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र उपचारका लागि आएकी प्युठानकी एक ७३ वर्षीया वृद्धालाई गाडीका स्टाफले सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिए ।

बलात्कारमा संलग्न तुलसीपुर–१५ का पुष्कर रोका र सल्यानको कुमाख–७ का रेशम विकलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको मल्लले बताए ।