सेती अञ्चल अस्पतालमा कुनै किसिमको अभाव हुन नदिने : मन्त्री सुबेदी

सेती अञ्चल अस्पतालमा कुनै किसिमको अभाव हुन नदिने : मन्त्री सुबेदी

धनगढी : सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी धनगढीस्थित सेती अञ्चल अस्पतालको सुधारमा लागि परेका छन् । प्रदेश सरकारको मातहत आएपछि अस्तपाल सुधारकालागि मन्त्री सुवेद पटक पटक निरीक्षणमा गएर चिकित्सक तथा सेवाग्राही विरामीसँग भेटघाटमा रहेका छन् ।

यसैक्रममा बुधवार अस्पतालको अनुगमन नीरिक्षण गरेर अस्पतालको बाह्य भाग मात्र नभएर आन्तरिक रुपमा पनि अस्पताल चुस्तदुरुस्त राख्न प्रशासनलाई निर्देशन दिए।

प्रदेश सरकार अस्पतालमा कुनै किसिमको अभाव हुन नदिने भन्दै मन्त्री सुवेदीले तदअनुसार काम कर्तव्यमा जुट्न स्वास्थ्यकर्मी कर्मचारीलाई निर्देशन दिएभने अस्पतालमा उपचार गराईरहेका विरामीसंग भेटघाट गर्दै उनीहरुका समस्या बारे बुझेका छन्।

अस्पताललाई व्यवस्थित गर्दै गुणस्तरीय सेवा प्रदान गर्नमा प्रदेश सरकार कटिबद्ध रहेको बताउँदै उनले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेलाई अस्पताल भित्र सञ्चालनमा रहेका नीजि फार्मेसीहरु हटाउन निर्देशन दिएका छन्।

यसअघि पानीको समस्यमा रहेको अस्पतालमा नयाँ नल्का हालिएका छनभने डिप वोरिंग खन्ने कार्य थालिएको छ । मन्त्री सुवेदीले फोहोरको उचित व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिएको भन्दै त्यसतर्फ ध्यान दिन समेत निर्देशन दिए।