विशेष

फाईनल प्रवेशका लागि बुधबार रेडियो धनगढी र पश्चिम टुडे तथा एसटिएस र बी टिभि भिड्ने     |     गाँउपालिकाको कार्यालयमा राखिएको बम नेपाल आर्मीद्वारा निष्क्रिय     |     अन्तराष्ट्रीय कराँते प्रतियोगिताको तयारी अन्तीम चरणमा, विभिन्न देशका खेलाडी धनगढी पुग्ने क्रम जारी     |     महिला हिंसाका उजुरी घटे     |     काम नगर्ने कर्मचारीलाई कडा कारबाही गर्ने मन्त्री पण्डितको चेतावनी     |     अनियमितता अन्त्य गर्न नगरपालिका सहमत भएसँगै खुल्यो ताला     |     आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त, प्राथमिकता र प्रमुख नीतिबारे छलफल प्रारम्भ     |     मंगलबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घट्यो     |    

प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

धनगढी खबर    

प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

विदेश भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कने भएका छन् । गत वैशाख २६ गते भियतनाम र कम्बोडियाको भ्रमणमा निस्केका प्रधानमन्त्री ओली बुधबार स्वदेश फर्कन लागेका हुन् ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार, प्रधानमन्त्रीको भ्रमण टोली साँझ स्वदेश आइपुग्दैछ ।प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतको टोली लिएर वैशाख २६ गते भियतनाम भ्रमणमा निस्केका थिए । भियतनाम भ्रमणमा ओलीले आफ्ना समकक्षीलगायत विभिन्न व्यक्तिहरुसँग भेटघाट गरेका थिए ।

भियतनामको भ्रमणपछि ओली त्यतैबाट कम्बोडिया लागेका थिए । कम्बोडिया पनि ओलीले आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै द्विपक्षीय हितबारे छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीस्तरबाट पहिलोपटक भएको यो भ्रमणलाई प्रधानमन्त्रीले सफल भएको बताएका छन् ।



बुधबार ०१, जेठ २०७६ ०१:४३ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस