धनगढीमा प्रदेश युवा सम्मेलन शुरु

धनगढीमा प्रदेश युवा सम्मेलन शुरु

धनगढी : कैलालीको धनगढीमा आजबाट प्रदेश युवा सम्मेलन शुरु भएको छ । नेपाल युवा परिषदको आयोजनामा प्रदेश युवा सम्मेलन शुरु भएको हो । 

दुई दिनसम्म चल्ने सम्मेलनको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले उद्घाटन गरे । सो अवसरमा मन्त्री सुवेदीले प्रदेशलाई सबल बनाउने जिम्मेवारी युवाको काँधमा रहेको बताए ।

उक्त सम्मेलन भोलि धनगढी घोषणापत्र जारी गर्दै सम्पन्न हुने जनाइएको छ । सम्मेलनमा सुदूरपश्चिम प्रदेशभरीबाट २२० जना युवाको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।