कुशल भुर्तेलले ६ विकेट लिए, यूएई १ सय ५७ रनमै अलआउट

कुशल भुर्तेलले ६ विकेट लिए, यूएई १ सय ५७ रनमै अलआउट

काठमाण्डौ । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपालले यूएई ुएु लाई १ सय ५७ रनमै अलआउट गरेको छ ।

कोलम्बोमा टस जितेर ब्याटिङ गरेको यूएई ४४ ओभरमा १ सय ५७ रन बनाउँदा अलआउट भयो । यूएईका लवप्रीत सिंहले सर्वाधिक ५२ रन बनाए । बलिङतर्फ नेपालका कुशल भुर्तेलले ६ विकेट लिए । कुशलले १० ओभरमा ४० रन दिएर ६ विकेट लिए । यस्तै मौसम ढकालले २ तथा पवन सर्राफ र कुशल मल्ले १र१ विकेट लिए । 

नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।