सामाजिक कार्यमा सक्रिय दारी ग्याङले धनगढीमा ‘जात्रै जात्रा’को च्यारिटी सो गर्दै

सामाजिक कार्यमा सक्रिय दारी ग्याङले धनगढीमा ‘जात्रै जात्रा’को च्यारिटी सो गर्दै

धनगढी : सामाजिक काममा सक्रिय युवाहरुको समुह दारी ग्याङ धनगढीले ‘जात्रै जात्रा’ फिल्मको च्यारिटी सो गर्ने भएको छ । प्रदिप भट्टराईको निर्देशन रहेको जात्रै जात्रा फिल्मको च्यारिटी सो जेठ ३ गते धनगढी स्थित जोशी टाकिजमा हुने भएको हो ।

बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सामाजिक कार्यमा सक्रिय दारी ग्याङ धनगढीका संयोजक दिनेश बोहराले च्यारिटी सो बाट उठेको रकमले सडकमा रहेका मानसिक रोगी महिलाहरुलाई पालनपोषण गरिरहेको संस्था दृष्टि फाउण्डेसनलाई हस्तान्तरण गर्ने बताए । साथै उनले ‘जात्रै जात्रा’ फिल्मको च्यारिटी सो जेठ तिन गते बिहाना ९ बजे देखि हुने बताए ।

ग्याङका सदस्य चुडामणी दाहालले च्यारीटी सोको टिकट दर क्रमशस् सय, १ सय ५०, दुई सय रहेको बताए । उनले च्यारिटी सो बाट उठेको ५० प्रतिशत रकम दृष्टि फाउण्डेसनलाई र कार्यक्रमको खर्च कटाई बाकी २५ प्रतिशत अन्य सामाजिक कार्य सरसफाईमा सहयोगमा खर्च गर्ने बताए ।

सामाजिक कार्यमा सक्रिय दारी ग्याङ धनगढीले गालामा दारी काँधमा जिम्मेवारी नारासहित विगत तिन बर्षदेखि सामाजिक कार्यहरु गर्दै आएको छ ।