सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आजबाट

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आजबाट

धनगढी : सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आज (बुधबार)बाट सुरु हुँदैछ। प्रदेश सरकारको बैसाख २६ गतेको निर्णयअनुसार आज जेठ १ गते दिउँसो ३ बजे बजेट अधिवेशनको पहिलो बैठक आव्हान गरिएको छ।

सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले प्रदेश सरकारको मन्त्रिपरिषद्‌काे निर्णय अनुसार प्रदेश प्रमुख मोहनराज मल्लबाट बजेट अधिवेशन आह्वान भएको जानकारी दिए।

प्रदेशसभाको बजेट अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावल लगायतले बाेल्ने कार्यसूची रहेको सभामुख थापाले बताए। मुख्यमन्त्री भट्ट, संसदीय दलका नेता र सांसदहरूले आर्थिक वर्ष २०७६/०७७ को बजेट तथा कार्यक्रम बारे धारणा राख्ने कार्यसूचीसमेत रहेको छ।

प्रदेशसभा बैठकमा 'प्रादेशिक औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५' समेत टेबुल हुने सभामुख थापाले जानकारी दिए।