सेती र महाकाली अस्पतालमा कर्मचारीले तीन महिनादेखि तलब पाएनन्

सेती र महाकाली अस्पतालमा कर्मचारीले तीन महिनादेखि तलब पाएनन्

धनगढी : सुदूरपश्चिम प्रदेशमा रहेका अस्पतालका कर्मचारीहरुले तीन महिनादेखि तलब खान पाएका छैनन् । अस्पतालहरु प्रदेश सरकारलाई हस्तान्तरण गरे पनि त्यहाँ कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुको तलब पहिलो बर्ष संघीय सरकारले नै पठाउने भएकोले संघीय सरकारबाट बजेट नआएका कारण उनीहरुले तलब खान नपाएका हुन् । 

संघीय सरकारबाट आउनु पर्ने रकम समयमा नआएका कारण कर्मचारीको तलब मात्रै रोकिएको छैन, सुदूरपश्चिम प्रदेशमा आमा सुरक्षा कार्यक्रम समेत प्रभावित भएको छ । नेपाल सरकारले अस्पतालहरुलाई हरेक पटक प्याकेजमा पैंसा पठाउने गरको छ ।

प्याकेजमा रकम पठाउँदा ती कार्यक्रम सञ्चालन गर्न कर्मचारी समेत नियुक्त हुन्छन् । सरकारले पठाएका प्याकेज कार्यक्रम संगै अस्पतालका महत्वपूर्ण कामहरु सञ्चालन गर्न रकम अभाव भएपछि कार्यक्रम सञ्चालनमा समस्या त देखिएको छ नै, कर्मचारीलाई तलब दिन पैंसा नपुगेपछि अस्पतालहरुले तलब दिन नसकेका हुन् ।

“कर्मचारीहरुले तीन महिनादेखि तलब खान पाएका छैनन्”–सेती अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. हेमराज पाण्डेयले भन्नुभयो । 

पैसाको अभावममा आमा सुरक्षा कार्यक्रम प्रदेशभरी पभावित भएपनि कर्मचारीले तलब नै खान नसक्नेसमया सेती र महाकाली अस्स्पतालमा देखिएको छ । महाकाली अतालका मेडिकल सुपरिटेण्डेण्ट ड. हरि कुमार श्रेष्ठले आफ्नो अस्पतालमा कर्मचारीले तलब खान नपाएको तीन महिना पुगेको बताउनुभयो । 

संघीय सरकारले बजेट भाषणमा आमा सुरक्षा कार्यक्रममा पाइने सुविधा दोब्बर बनाएको छ । तर तल्लो निकायमा रकम पठाउँदा भने पुरानै प्याकेज अनुसार पठाएपछि सरकारले पठाएको रकम माघ महिनामै सकिएको छ ।

दोस्रोपटक पठाएको पैसा समेत अपुग भएपछि अहिले आमा सुरक्षा कार्यक्रम सञ्चालनमा समस्या भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत रमेश मलासीले बताउनुभयो । उहाँले हाल आमा सुरक्षा कार्यक्रममा लागि प्रदेशभरी ६ करोड रुपैया अपुग भएको जानकारी दिनुभयो । 

ज्येष्ठ नागरिक, गरीब तथा असहायका लागि गरिएको निशुल्क औषधी बितरण तथा उपचारका लागि समेत रकम अपुग छ । यो कार्यक्रमका आएको रकम गत आर्थिक बर्ष भन्दा चालू आर्थिकक बर्ष शुरुवातमै २२ लाख घटेर आएको सेती अस्पतालका मेसु डा. पाण्डेले बताउनुभयो ।

यस्तै महाकाली अस्पतालमा यो रकम हरेक आर्थिक बर्षमा निरन्तर घटेर आइरहेको मेसु डा. श्रेष्ठले बताउनुभयो । 

अस्पतालहरुमा पठाउने रकम अपुग हुँदा बिरामीहरुले समेत समस्या झेलिरहेका छन् । अस्पतालहरुले आमा सुरक्षा कार्यक्रम अन्तर्गत यातायात खर्च दिन नसक्दा बिारमीहरुका आफन्तहरुले झगडा समेत गर्ने गरेका छन् ।  त्यसकारण संघीय सरकारले आवशयक पहल गर्नु जरुरी छ ।