भारतबाट पेट्रोलको मूल्य घटेर आयो, डिजेलको भने बढ्यो

भारतबाट पेट्रोलको मूल्य घटेर आयो, डिजेलको भने बढ्यो

धनगढी । भारतबाट डिजेलको मूल्य बढेर र पेट्रोलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

निगमले पाएको नयाँ मूल्य सूची अनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ ।

नयाँ मूल्य सूचीपछि पनि निगम सबै पेट्रोलियम पदार्थमा नाफामा छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे अनुसार नेपालमा निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छैन । 

अहिले निगम पाक्षिक १ अर्ब भन्दा बढी नाफामा छ । यसअघि सबैभन्दा बढी नोक्सानीमा रहने एलपीजी ग्याँसमा समेत निगम अहिले नाफामा छ ।