महिला फुटबल: नेपाल र बंगलादेशबीच दोस्रो खेल आज

महिला फुटबल: नेपाल र बंगलादेशबीच दोस्रो खेल आज

काठमाडौं । नेपाल र बंगलादेशको महिला फुटबल टोलीबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज हुँदैछ ।

खेल ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ ।

यसअघि भएको पहिलो खेलमा सावित्रा भण्डारीले इन्जुरी टाइममा गोल गरेपछि नेपालले बंगलादेशसँग १-१ को बराबरी खेल्दै हार टारेको थियो ।

गत वर्ष काठमाडौं साफ च्याम्पियनसिपको फाइनल पछि नेपाल र बंगलादेश पहिलो पटक खेलेका हुन् । साफमा नेपाल बंगलादेशसँग फाइनलमा ३-१ ले पराजित भएको थियो ।

त्यसको बदला लिने लक्ष्यसहित बंगलादेश पुगेको नेपाल पहिलो खेलमा सफल हुन सकेन । अब दोस्रो खेलमा नेपाल सामु जित निकाल्दै हारको बदला लिने अवसर बाँकी छ ।

बंगलादेशले पछिल्लो समय राम्रो खेलिरहेको र साफ च्याम्पियन टिम भएकोले विपक्षीको सम्मान गर्ने थापाले बताए ।