धनगढीमा बस दुर्घटना, मानवीय क्षति भएन

धनगढीमा बस दुर्घटना, मानवीय क्षति भएन

धनगढी उपमहानगरपालिका ७ मनहरामा बस दुर्घटना भएको छ। धनगढीबाट फूलबारी गइरहेको ना ५ ख ९५ नम्बरको सुदूरपश्चिम यातायाताको बस हुलाकी राजमार्गमा दुर्घटनामा परेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले जानकारी दिए।

प्रहरी निरीक्षक सिंहले बसमा यात्रुहरू भने सवार नरहेको बताए। मानवीय क्षति नभए पनि बसमा भने क्षति भएको छ।चालक बस  पल्टिेने बित्तिकै फरार रहेको सिंहले बताए।