एसीसी इमर्जिङ टिम्स एसिया कपमा अफगानिस्तान र बङ्लादेश विजयी

एसीसी इमर्जिङ टिम्स एसिया कपमा अफगानिस्तान र बङ्लादेश विजयी

काठमाण्डौ । एसीसी इमर्जिङ टिम्स एसिया कपमा आज अफगानिस्तान ुएु र बङ्लादेश ुएु विजयी भएका छन् । श्रीलङ्कामा भएको खेलमा अफगानिस्तान ुएु ले घरेलु टोली श्रीलङ्का ुएु लाई ११ रनले हरायो ।

अफगानिस्तानले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको  श्रीलङ्का २ सय ४१ रनमा अलआउट भयो ।

अर्को खेलमा बङ्लादेशले ओमानलाई ८ विकेटले हरायो । ओमानले दिएको १ सय २७ रनको लक्ष्य बङ्लादेशले २ विकेट गुमाएर  १६ ओभर ३ बलमै भेट्टायो ।

समूह ुएु मा दुवै खेल जितेको अफगानिस्तान शीर्ष स्थानमा छ ।  नेपाल समूह ुबीु मा रहेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग हारेको थियो । नेपालले दोस्रो खेलमा पर्सि सोमवार भारत ’ए’ सँग र बुधवार यूएई ’ए’ सँग खेल्नेछ । यस प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ ।